\
नेपालले एसिसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने भएको छ । थाइल्याण्डले भिसा समस्याका नाम फिर्ता लिएपछि उसको स्थानमा नेपालले प्रतियोगिता खेल्ने भएको हो ।
प्रतियोगिता यही १२ जुनदेखि २१ जुनसम्म हङकङमा आयोजना हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोली आइतबारसम्म हङकङ प्रस्थान गर्ने तयारीमा छ ।
इमर्जिङ टिम्स एसिया कपमा समूह ‘ए’ मा नेपालले भारत, पाकिस्तानका साथै हङकङविरुद्ध खेल्नेछ । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । यस्तै, दोस्रो खेलमा नेपालले १५ जुनमा भारत तथा तेस्रो खेलमा १७ जुनमा हङकङको सामना गर्नेछ ।
यस्तै, समूह ‘बी’ मा मलेसिया, यूएई, बंगलोदश र श्रीलंका रहेका छन् । प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल १९ जुनमा तथा फाइनल खेल २१ जुनमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।