संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ । बिहान ११ बजे बाट सुरु भएको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी छ ।
छलफलमा सांसदले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । बुधबारको बैठकमा बोल्न नपाएका सांसदले आज धारणा राख्नेछन् ।
प्रतिपक्षका साथै सत्तारुढ दलका केही सांसदले पनि बजेटको आलोचना गरिरहेका छन् । यस्तै, सांसदहरूले विगत वर्षजस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा पनि शंका व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।