\
काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना लिन नपाइने जनाएको छ ।
महानगरले सूचना प्रकाशन गरेर नतिजा सार्वजनिक नभएसम्म शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना नलिन आग्रह गरेको हो ।
केही विद्यालयले कक्षा ११ मा नयाँ भर्नासम्बन्धी सूचना निकालेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै महानगर शिक्षा विभागले यस्तो निर्देशन दिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।