\


काठमाडौंको भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्नुपर्छ : सांसद अर्याल
फरकधार / २५ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गरेका छन् ।  

बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य अर्यालले काठमाडौं उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकोले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले जसले जति पानी निकाल्छ, सोहीअनुरूप शुल्क तोक्न पनि उल्लेख गरे । 

‘दैनिक १३ करोड लिटरभन्दा बढी पानी तान्ने गरिएको छ । यसबारे सरोकारवाला निकायले जवाफ दिनुपर्छ कि पर्दैन ? कि जति पनि तान्न मिल्ने हो ? तर अचम्म त के छ भने जसले जति पानी तानेपनि शुल्क भने वार्षिक २० हजार मात्रै तोकिएको छ,’ सांसद अर्यालले भने, ‘यो कसरी वैज्ञानिक भयो ? त्यसैले भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न र जसले जति पानी निकाल्छ, सोहीअनुसार शुल्क तोक्न म सरकारको ध्यानाकर्षण गराउँदछु ।’





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १२:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया