सांसद राईको गुनासो : सरकारले किराँतलाई दाहसंस्कार गर्न जमिन दिएन

प्रतिनिधि सभा सदस्य दीपा राईले किराँतीहरूलाई मृत्युपश्चात दाहसंस्कार गर्न जमिन आवश्यक भएको भन्दै त्यसको निम्ति व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।  

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले २५ वर्षअघिको सहमतिलाई कार्यान्वयन नगर्दा किराँती समुदायलाई समस्या भइरहेको बताइन् । 

राईले किराँतीलाई उपत्यकामा जन्मन दिने तर मृत्यु हुन नदिने पीडाको अन्त्य गर्न पनि माग गरिन् ।   

‘किराँतीहरुको मृत्युपछाडि जमिनमा समाधि गरिन्छ । हामीले पशुपतिको मृगस्थलीमा समाधि गर्दै आएकोमा त्यहाँ निस्तेज गरिसकेपछि २०५५ सालमा सरकार र किराँती संस्थाहरूका बीचमा सहमति भएको थियो । ६ महिनाभित्र वैकल्पिक व्यवस्था गरिने । त्यतिन्जेलसम्म त्यहीँ समाधि गर्न दिने भनिएको थियो,’ सांसद राईले भनिन्, ‘आज २५ वर्ष भयो कतिवटा सरकार फेरिए, किराँतीहरूप्रति गैर–जिम्मेवार सरकारहरूप्रति खेद प्रकट गर्दै तुरुन्तै २५ वर्षअघिको सहमतिलाई कार्यान्वयन गरी किराँतीहरूलाई उपत्यकामा जन्मन दिने तर मृत्यु हुन नदिने पीडाको अन्त्य गरियोस् ।’  
 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १३:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया