सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, ५ राउन्ड हवाई फायर
फाइल तस्बिर

सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप हुँदा ५ राउन्ड गोली प्रहार गरिएको छ । जिल्लाको धनकौल गाउँपालिका–७ मा भन्सार तस्करी गरेर ल्याइएका अवैध खाद्यको विषयमा प्रहरी र गाउँलेहरूबीच झडप हुँदा प्रहरीले ५ राउन्ड हवाई फायर गरेको हो ।

बिहीबार दिउँसो गाउँकै स्थानीय एक व्यक्तिले भारतबाट तस्करी गरेर ल्याएको लाखौँ मूल्य बराबरको खाद्य घरमा लुकाएर राखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरहथवाबाट खटेको टोलीले नियन्त्रणमा लिन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारूले जानकारी दिए । 

लाखौँको खाद्य ढुवानी गरेर घरमा लुकाएको विषयबारे प्रहरीले जानकारी पाएपछि नियन्त्रणमा लिन खोज्दा गाउँलेहरूले प्रतिकार गरेको डिएसपी थारूले बताए । उनले स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर गर्नुपरेको बताए । 

अहिले त्यहाँको अवस्था सामान्य रहेको र लुकाएर राखिएका खाद्य नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए ।





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १७:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया