धर्मनिरपेक्षता खारेज गर्न कमल थापाको माग

सिरहा– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षता खारेज हुनुपर्ने माग गरेको छ । मेची–महाकाली ‘राष्ट्रिय स्वभिमान यात्राका क्रममा सिरहाको लहानमा पत्रकार सम्मेलनमार्फत शनिबार बिहान राप्रपा अध्यक्ष कमल थापाले यस्तो माग गरेका हुन् ।

नेपाललाई धर्मनिरपेक्ष बनाएपछि सनातन धर्महरू खतरामा रहेकाले धर्मनिरपेक्षता खारेजी गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने उनले माग गरेका छन् । नेपालमा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना हुनुपर्ने सो भन्दै सो पार्टीले आवाज उठाइरहेको छ ।  

राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, गरिबी र बेरोजगारी समस्याको समाधान लगायत विषयमा जनतालाई जागृत तुल्याउन र सरकारलाई ध्यानाकर्षण गराउँदै सशक्त रूपमा जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वभिमानको यात्रा थालेको अध्यक्ष थापाको दाबी छ ।





  • प्रकाशित मिति : फागुन १८, २०७५ शनिबार १५:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया