\


सरकार टिकाउनका लागि रेशम चौधरीलाई आममाफी दिइयो, नीति सम्मेलनमा गम्भीर समीक्षा हुन्छ : गगन थापा
'सबै मिलेर चुनाव लड्छन् भने पनि अब हामी कहिल्यै कुनै दलसँग गठबन्धन गर्दैनौँ'
फरकधार / २५ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनका कारण पार्टी दलदलमा फसेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्‍याउने बताएका छन् । 

नेपाली कांग्रेस धनकुटाले बिहीबार आयोजना गरेको जिल्ला सम्मेलनका सहभागीलाई सम्बोधन गर्दै महामन्त्री थापाले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका हुन् । 

उनले सरकारमा जाने र टिकाउने नाममा गरिने गठबन्धनका कारण कार्यकर्तामा निराशा छाएको उनको भनाइ छ । उनले आगामी भदौमा हुने नीति सम्मेलनमा पार्टीभित्रका कमजोरीको गम्भीर समीक्षा गर्ने उल्लेख गरे ।

विगतमा भएका कमजोरी र दलदलमा फसेको पार्टीलाई बाहिर निकाल्न जुट्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अरु सबै मिलेर एउटै मोर्चा बनाएर चुनाव लड्छन् भने पनि अब हामी कहिल्यै कुनै दलसँग गठबन्धन गर्दैनौँ ।’



महामन्त्री थापाले एमाले, माओवादी, रास्वपा कोही पनि दुस्मन नभएको बरु सहयात्री भएको बताए ।रोग, भोक र अशिक्षा दुस्मन भएकाले कांग्रेसले जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्ने धारणा राखे । 

रेशम चौधरीको रिहाइबारे बोल्दै उनले भने, ‘देश र जनताको भविष्यलाई सोचेर होइन, सरकार टिकाउनका लागि सम्झौता गरेर हालै एकजनालाई माफी दिएको घटनाले आलोचना खेप्नुपरेको छ, अब हामी गम्भीर हुनुपर्छ ।’



  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार २०:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया