प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधि सभाको बैठक आज पनि  बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा  बिहान ११ बजे बैठक बस्ने तय भएको छ ।

आजको बैठकमा पनि  बजेटमाथिको छलफल जारी रहने भएको छ । गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको छ । छलफलमा प्रतिनिधि सभा सदस्यले आफ्ना धारणा र जिज्ञासा राखिरहेका छन् ।

त्यस्तै आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ पेस गर्नेलगायतका विषय पनि रहेका छन् ।





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार ७:१५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया