श्रीमानकी पूर्वप्रेमिकाकाे चरित्रहत्या गरेको आरोपमा महिला पक्राउ

महिलाको चरित्र हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ गिजिनडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापा रहेकी छन् ।   

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा प्रहरीले उनलाई गत बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो । प्रहरीका अनुसार उनीविरुद्ध एक महिला पीडितले जाहेरी दिएकी थिइन् । 

पीडित महिलाका अनुसार सुरुमा उनलाई एक पुरुषको खाताबाट फ्रेण्ड रिक्वेस्ट आएको थियो । उक्त रिक्वेस्ट आएपछि उनीहरूबीच कुराकानी हुँदै गयो र पछि प्रेम सम्बन्ध पनि गाँसियो । 

त्यसबीच उनीहरूले आफ्ना गोप्य तस्बिर तथा भिडियोसमेत साटासाट गरे । प्रेम सम्बन्धमा बसेको केही समयमा पीडित महिलाले ती प्रेमी पुरुष विवाहित रहेको थाहा पाइन् ।

उक्त कुरा थाहा पाएपछि उनले पुरुषसँग सम्बन्ध टुटाएकी थिइन् । सम्बन्ध टुटाएको केही समयपछि एउटा नक्कली आइडीबाट पीडितकी भाउजूलाई गोप्य तस्बिर तथा भिडियो आएका थिए ।  

अनुसन्धान गर्ने क्रममा प्रहरीले यस घटनामा ज्ञानुको संलग्नता रहेको पत्ता लागेको थियो । ज्ञानु पीडित पूर्वप्रेमीकी श्रीमती हुन् । 





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार २१:२५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया