संघीयता मुलुकको वास्तविकता–देउवा

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता मुलुकको वास्तविकता भएको बताएका छन् । मुलुक अब संघीयताबाट पछि हट्न नसक्ने बताउँदै देउवाले संघीयतामा शंका नगर्न आग्रह गरका छन् ।

शनिबार प्रदेश नम्बर २ को जनकपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘संघीयता कार्यान्वयनमा आइसक्यो। तपाईंहरूले शंका गर्नु काम छैन ।’ संघीयता वास्तविक भइसकेकाले अब फिर्ता हुन नसके उनको भनाइ थियो । 

लोकतन्त्रमाथिको हस्तक्षेप सैह्य नहुने बताउँदै देउवाले भने, ‘म सुन्दै छु, सरकारले विधेयक संशोधन गरेर जनताको बोल्ने, सुन्ने अधिकारमा हस्तक्षेप गर्दै छ, लोकतन्त्र र संघीयतामा हस्तक्षेप भए हामीलाई सैह्य हुन्न।’

सरकारबाट प्रजातान्त्रिक अधिकार खोस्ने काम भए आफ्नो पार्टीले विरोध गर्ने उल्लेख गर्दै देउवाले जनताले आफ्नै जनप्रतिनिधिमार्फत आफ्नो प्रदेशमा शासनअधिकार पाएको उल्लेख गरे । उनले जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्नेमा विश्वास प्रकट गरे ।





  • प्रकाशित मिति : फागुन १८, २०७५ शनिबार १८:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया