२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

प्रधानमन्त्रीको आश्वासन- गीत, संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्नेछु

प्रधानमन्त्री पुष्पकमल दाहालले गीत, संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संगीत क्षेत्रको प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन् ।


आफू पहिलो पटक प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रमा केही सहयोग गर्ने अवसर पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई निरन्तरता दिन चाहेको पनि स्पष्ट पारे । उनले ज्यापु संस्कृतिको संरक्षणका लागि गरिएको मागहरू सम्बोधन गर्न पनि सरकार प्रतिबद्ध रहेको बताए । 



प्रधानमन्त्री दाहालले भने, ‘हामीहरूको एउटा प्रचलन नै के भएको छ भने जुनसुकै कार्यक्रममा पनि भाषण धेरै हुने । भाषणले जे कार्यक्रमको महत्त्व हो, त्यसलाई नै कम गरिदिने गरेको छ । त्यस कारण अहिले म भाषण गर्दिन । संगीतको प्रवर्द्धनको लागि काम गर्नेछु । किनकि मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रलाई सरकारको तर्फबाट केही सहयोग गर्ने अवसर पाएको थिएँ । अहिले पनि तपाईँहरूलाई सहयोग हुने विश्वास दिलाउँछु ।’





  • प्रकाशित मिति : २७ जेठ, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया