logo-img

एसिया कपको समूह ‘ए’ को खेल श्रीलंकामा हुने सम्भावना

आउँदो एसिया कप क्रिकेटको समूह ‘ए’ को खेल श्रीलंकामा हुने सम्भावना बढेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको नयाँ हाइब्रिड मोडेल एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले अनुमोदन गर्ने संकेत देखाएपछि समूह ‘ए’ को खेल श्रीलंकामा हुने सम्भावना बढेको हो ।  

समूह ‘ए’ मा भारत, नेपाल र पाकिस्तान रहेका छन् । बाँकी खेल भने पाकिस्तानमै गराउने प्रस्ताव छ । प्रतियोगिताका १३ खेलमध्ये चार वा सम्भवतः पाँच खेल श्रीलंकामा हुने प्रस्ताव छ । त्यसबाहेकका अन्य खेल पाकिस्तानमा हुनेछन् ।  

भारतले फाइनलमा स्थान बनाए सो खेल पनि श्रीलंका हुनेछ । एसिया कपबारे औपचारिक घोषणा यही साता हुने सम्भावना रहेको क्रिकेटसम्बन्धी अनलाइन क्रिकइन्फोले जनाएको छ ।



एसिया कपका लागि सेप्टेम्बर १ देखि १७ सम्मका लागि समय तोकिएको छ । भारतले प्रतियोगिताका लागि पाकिस्तान भ्रमण नगर्ने बताएसँगै विवाद सुरु भएको थियो । नयाँ प्रस्तावले पाकिस्तानको विश्वकपका लागि भारत भ्रमणको बाटो सहज हुने सम्भावना छ ।

६ राष्ट्र सहभागी समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । एसिया कपमा १३ दिनमा फाइनलसहित कुल १३ खेल हुनेछ ।  



  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया