logo-img

मिस्टर एन्ड मिस एसईई र किड्स स्टार इन्टरनेशनलको विजेता घोषित

‘मिस्टर एन्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३’ को विजेता घोषणा गरिएको छ । यसपटक यो अवार्ड आयुंश कार्की, जस्मिन पुन, मार्लाेन तामाङ र प्रिया गुरुङले प्राप्त गरे ।  

किड्स स्टार इन्टरनेशनल मिस्टरतर्फ ग्रुप ‘ए’ मा आयुंश कार्की र ग्रुप ‘बी’ मा मार्लाेन तामाङ विजेता बन्दा किड्स स्टार इन्टरनेशनल मिसतर्फ ग्रुप ‘ए’मा जस्मिन पुन र ग्रुप ‘बि’मा प्रिया गुरुङ विजेता चुनिए । ग्रुप ‘ए’ तर्फ अर्गनाइजर च्वाइस सुबिज्ञा कुँवर भए ।

त्यस्तै, किड्स स्टार इन्टरनेशनल मिस्टर ग्रुप ‘ए’ तर्फ सुभम घिमिरे फष्टरनर अप, साहिल तामाङ सेकेन्ड रनरअप र कृष श्रेष्ठ थर्ड रनरअप बन्दा किड्स स्टार इन्टरनेशनल मिस तर्फ ओजस्वी घिमिरे फष्ट रनरअफ, रीवा चौहान सेकेन्ड रनर अफ र निमा तामाङ थर्ड रनरअप भए । यही प्रतियोगिताअन्तर्गत गु्रप ‘बी’ मा मिस्टर तर्फ रायन लखन्द्री, सेकेन्ड रनरअप जोन्सन ओझा, थर्ड रनरअफ स्यामुएल तामाङ बन्दा मिस तर्फ क्रिष्टिना पोखरेल फष्ट रनरअप, रिहाना उप्रेती सेकेन्ड रनरअप र थर्ड रनरअप सान्विका बुढाथोकी भए । अर्गनाइजर च्वाइस प्रनेश घले र समृद्धि बुढाथोकीले पाए ।

राजधानीमा आयोजित एक सारोहका बीच सम्पन्न प्रतियोगितामा ‘मिस्टर एन्ड मिस एसईई २०२३’ तर्फ विजेता सोनिका श्रेष्ठ र रोनिश पाण्डे भए । सोनिका मिस र रोनिश मिस्टरतर्फ विजेता बनेका हुन् । प्रतियोगितामा अर्गनाइजर च्वाइस विवेक रानापाल र झरना ओली भए ।



यस्तै, फस्ट रनरअप जानवी भण्डारी र युग अधिकारी , सेकेन्ड रनरअप कृष्मा क्षेत्री र विकास भट्ट, थर्ड रनरअफ एकता शाह र रोनिश नेपाली भए ।

प्रतियोगीतामा इन्टरनेशनल अवार्ड विजेतातर्फ एसईई बेष्ट मोडल अफ द युनिभर्स नेपाल रीना तामाङ, प्रि टिन इन्टरनेशनल नेपाल स्मृति विश्वकर्मा, टिन इन्टरनेशनल नेपाल आईरिस गुरुङ, इन्टरनेशनल टिन अफ द इयर नेपाल नेहा बुढाथोकी, इन्टरनेशनल टिन अफ द इयर मेल स्मित ढुंगाना, बेष्ट मोडल अफ द युनिभर्स नेपाल विवेक रानापाल, किड्स इन्टरनेशनल विनर लिटिल टुरिजम एम्बेसडर नेपाल आर्यन पोखरेल र उभ्भी लामा गुरुङ, किड्स बेष्ट मोडल अफ युनिभर्स नेपाल ब्रियाना उप्रेती भए । 



एसईई दिएर बसेका छात्र तथा छात्राको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई सक्षमरूपमा अगाडि बढ्न सक्ने व्यक्तित्व विकास गर्ने उद्देश्यले फेसन ईराले प्रतियोगिता आयोजना गरेको हो । आयोजकले विजेता सबैलाई गरेर १२ लाख बराबरको छात्रवृत्तिका अवसर र विभिन्न पुरस्कार प्रदान गरेको छ । विजेताले अगामी अगस्टमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा अन्य देशका सहभागीसँग प्रतिस्पर्धा गर्नेछन् । 

फेसन इराले आगामी १ अगस्टबाट लिटिल टुरिजम एम्बेसडर नेपाल पनि आयोजना गर्दैछ । जसमा विभिन्न देशका सहभागी पनि प्रतिर्स्पर्धा गर्न नेपाल आउनेछन् । त्यस्तै, लिटिल टुरिजम एम्बेसडर पनि पनि आयोजना हुनेछ । जसका विजेताले अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।  



  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया