२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

प्रतिनिधि सभा बैठक जारी, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री [लाइभ]
फाइल तस्बिर

संघस्य संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेबाट सुरु भएको छ । ​आजको बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिँदै छन् ।


यही १५ जेठमा पेस भएको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो ।



बजेटमाथिको छलफल आइतबार सकिएको थियो । करिब एक सातासम्म भएको छलफलमा अधिकांश सांसदले असन्तुष्टि जानुका साथै विरोध गरेका छन् । केही सांसदले भने समयअनुसार बजेट प्राथमिकतासहित आएको प्रतिक्रिया दिएका छन् । 

सांसदहरूले सबै निर्वाचन क्षेत्र र जिल्लामा समानुपातिक प्रणालीबाट बजेट विनियोजन नभएको भन्दै आपत्ति जनाएका छन् । पहुँचवाला नेता र मन्त्री भएको क्षेत्रमा विकास बजेट बढी छुट्याएको सत्तापक्षकै सांसदहरूको आरोप छ । 



सरकारले आगामी वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सरकारले चालू खर्चमा ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव  २० प्रतिशत र पुँजीगत ३ खर्ब २ अर्ब ७ करोड १७ दशमलव  २५ प्रतिशत रकम विनियोजन गरेको छ ।   



  • प्रकाशित मिति : २९ जेठ, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया