मोदीले भने– भारतसँग शत्रु डराए

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला घटनाबारे के भन्ने हुन् भन्ने निकै चासोसाथ हेरिएको थियो । पुलवामामा भएको सेनामाथिको आक्रमणपछि पाकिस्तानी सीमामा पुगेका भारतीय सेनाका पाइलट अभिनन्दनलाई जब पाकिस्तानले फिर्ता पठाइदियो, यसले विश्व राजनीतिमा नयाँ तरङ्ग ल्यायो । यसबारे मोदी लामो समयदेखि चुप थिए । 

अब चाहिँ उनले मुख खोलेका छन् । दिल्लीमा भएको इन्डिया टुडे कन्क्लेभमा मोदीले भने, ‘यो भारतको विदेश नीतिको प्रभाव हो, आज भारत बदलिएको छ ।’

अहिले भारतलाई कसैले पनि नराम्रो नजरले हेर्न नसक्ने भन्दै मोदीले अहिलेको भारत निडर र निर्भिक, निर्णायक र प्रतिबद्ध भएको बताए । ‘हाम्रो देश अहिले सवा करोड भारतीयसँग अगाडि बढिरहेको छ,’ उनले भने, ‘भारतीय एकजुट देखेपछि बाहिरका मानिसहरु पनि डराएका छन् ।’

उनले आफ्नो विरोध गर्दा गर्दै केही मानिसहरुले देशकै विरोध गर्न पनि थालेको बताए । उनले भने, ‘मोदीको विरोध गर्दागर्दै केही मानिसहरु देशको विरोध नै गर्ने भइसकेका छन् ।’ उनले आफ्नो सेनाको सामथ्र्यमाथि विश्वास राख्नु पर्ने पनि बताए ।





  • प्रकाशित मिति : फागुन १८, २०७५ शनिबार २२:६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया