गायक आशिष अविरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ ।
भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतीक गौतम फिचर्ड छन् ।
भिडियोमा सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईंको सम्पादन, उत्सव दाहालको छायांकन र विकास प्रसाईंको निर्देशन छ ।
भिडियो आशीष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।