अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सँगालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गरेका छन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने तय भएको छ ।
अभिनेता तथा निर्देशक खनालले भने,‘कलाकारिताको अनुभवलाई निर्देशनमा उपयोग गरेको छु । यो हाम्रो समाजको र हामीले भन्नुपर्ने एउटा कथा हो ।’ यो पूर्ण पारिवारिक चलचित्र भएको उनको भनाइ छ । उक्त चलचित्रले समाज र परिवारलाई एकापसमा जोड्ने खनाल बताउँछन् ।
चलचित्रमा निर्देशक खनालसँगै नीर शाह, वसुन्धरा भुसाल, करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । एकल महिलाको बेदना, छटपटी र खुसीको चाहनालाई प्रस्तुत गरिएको उक्त चलचित्रलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । यसको वितरक करण श्रेष्ठ हुन् ।
‘बगानजस्ता चलचित्रलाई निर्माताबाट प्रदर्शकसम्म पुर्याउन पाउँदा खुसी लाग्छ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।