logo-img

साफको अन्तिम तयारीमा नेपाल, आज फिलिपिन्ससँग भिड्दै

नेपाली फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज घरेलु टोली फिलिपिन्ससँग खेल्दैछ । नेपाल र फिलिपिन्सबीचको खेल अपरान्ह ४ः४५ देखि रिजल मेमोरियल स्टेडियममा सुरु हुनेछ । 

नेपाल बिहीबार फिलिपिन्सलाई स्तब्ध पार्ने रणनीतिमा छ । यद्यपि घरेलु टिमविरुद्ध जित निकाल्न नेपाललाई सजिलो छैन । 

हालसम्म फिलिपिन्सविरुद्ध ६ खेल खेलेको नेपालले एक खेलमा मात्र जित निकालेको छ । एक बराबरी खेल्दा फिलिपिन्सविरुद्ध नेपालले ४ खेलमा भने हारको सामना गरेको छ ।

नेपाल आसन्न साफ साफ च्याम्पियनसिपको तयारीस्वरूप फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । १४ औँ संस्करणको साफ ६ असारदेखि भारतको बेंगलुरुमा सुरु हुँदैछ ।

आउँदो संस्करणको साफमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स सहभागी हुनेछन् । यसपल्ट कुवेत र लेबनान आमन्त्रित टोलीको रूपमा साफ खेल्न लागेका हुन् ।  

साफमा नेपालले समूह चरणमा गत  विजेता भारत, कुवेत र पाकिस्तानको सामना गर्नेछ ।  यस्तै, समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।  



नेपालले साफमा पहिलो खेल ६ असारमा कुवेतको सामना गर्ने तालिका छ । नेपालले दोस्रो खेल ९ असारमा आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालको भेट पाकिस्तानसँग हुनेछ । यी दुई टोलीले १२ असारमा प्रतिस्पर्धा गर्नेछन् ।  

गत संस्करणको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । माल्दिभ्समा आयोजना भएको उक्त संस्करणको फाइनलमा नेपाल भारतसँग ३–० ले स्तब्ध हुँदै उपाधि जित्न चुकेको थियो । 



  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार ७:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया