हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पूर्ण समर्थन गरेका छन् ।
बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा भएको ‘जानकी भारतकी छोरी’ भन्ने वाक्य भारतमा समेत नहटाए काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए ।
केसीले भनेका छन्, ‘बालेनको कुरामा मेरो पूर्ण समर्थन छ। बालेनजी उठाउनु भएको कुरा एकदम जायज छ। संसारभरि नै यो कुरा सच्चिएर सिनेमा चल्दा राम्रो हो।भारतमा मात्रै होइन् सबैतिर सच्चिएर आउनुपर्छ भन्ने मेरो मान्यता हो ।’
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले भने सो संवाद हटाएर प्रदर्शन गर्न अनुमति दिइसकेको छ । बोर्ड अध्यक्ष केसीले चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड फरक निकाय भएकाले बोर्डको निर्णयमा हस्तक्षेप गर्न नमिलेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।