logo-img

सरकारलाई बालेनको अनुरोध : ‘आदीपुरुष’ को विवादित अंश नहटाएसम्म भारतीय चलचित्र प्रदर्शन गर्न नदिउँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भारतीय चलचित्र ‘आदीपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सन्देश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका छन् ।   

उनले शुक्रबार मन्त्रालयलाई पत्र लेख्दै उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने व्यवस्था गर्न आग्रह गरेका हुन् । मेयर शाहले नेपाल सरकारले छिमेकी मित्रराष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् । 

उनले चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।  

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्र हितविपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले कूटनीतिक पहल गरिनुपर्छ,’ मेयर शाहले पठाएको पत्रमा उल्लेख गरिएको छ ।   





  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया