आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर एकसाथ घण्टी बजाउने भएको छ ।
पार्टी सभापति रवि लामिछानेले आफ्ना कमिटी र शुभचिन्तकलाई ७ असार साँझ ७ बजे ७७ वटै जिल्लामा ७७ पल्ट घण्टी बजाउन आव्हान गरेका हुन् ।
यसरी घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्यागसहित पोस्ट गर्नसमेत उनले आग्रह गरेका छन् । गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।