चेक बाउन्स, ठगी र धम्कीको मुद्दामा अभिनेत्री अमीषा पटेलले राँची सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् ।
उनले राँची सिभिल अदालतको सिभिल न्यायाधीश वरिष्ठ डिभिजन डिएन शुक्लाको अदालतमा आत्मसमर्पण गरेकी हुन्।
अप्रिल महिनामा भएको सुनुवाइका क्रममा उनलाई अदालतमा उपस्थित हुन भनिएको थियो तर उनी हाजिर भएकी थिइनन् । त्यसपछि राँची सिभिल कोर्टबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
झारखण्ड रांचीका फिल्म निर्माता अजय कुमार सिंहले अमिषा पटेलविरुद्ध सन् २०१८ मा मुद्दा दायर गरेका थिए । सिंहले अमिषा पटेल विरुद्ध चेक बाउन्स, ठगी र धम्की दिएको आरोप लगाएका छन् ।
राँचीका सिंहले १७ नोभेम्बर २०१८ मा राँची सिजेएम अदालतमा यो मुद्दा दायर गरेका थिए।
अमीषालाई अदालतले १०–१० हजारको दुई वटा धरौटीमा रिहा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।