१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

कृतिका रेग्मीलाई ‘मिस एसइई नेसनल २०२३’को ताज

‘मिस एसइई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जित्न सफल भएकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगिताको अन्तिम स्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् । 


प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिति ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितिले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धाअन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।



युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा सञ्चालन भएको प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रूपमा विजेता घोषित भए ।



३२ जना छात्राहरुको सहभागितामा रहेको प्रतियोगितामा शिक्षाविद्ध छविलाल पाण्डे, चलचित्र निर्देशक एवं सम्पादक साहिल खान, मोडल एवं सञ्चारकर्मी रीता कट्टेल तथा नेपाल एयरहोस्टेस एकेडेमीका रेजिना तुलाधर निर्णायकका रूपमा रहेका थिए । 

प्रतियोगिताको सञ्चालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए । विजेता सबैले उपाधिका साथमा विभिन्न अवसरसमेत हात पारेका छन् ।



  • प्रकाशित मिति : २ असार, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया