पूर्वअर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

दिवंगत नेता अधिकारीलाई छोरीहरू लुना अधिकारी (बस्नेत), लिमा अधिकारी (आचार्य) र लिजा अधिकारी ले दागबत्ती दिएका हुन् । 

लामो समयदेखि श्वासप्रश्वास र निमोनियाबाट ग्रसित अधिकारीको शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको थियो । 

पूर्वउपप्रधान तथा अर्थमन्त्री स्व.भरतमोहन अधिकारीलाई आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मान दिँदै सशस्त्र प्रहरी बलको एक टुकडी । 





  • प्रकाशित मिति : फागुन १९, २०७५ आइतबार १५:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया