मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव, सहसचिवमा ललिता झा र कोषाध्यक्षमा शोभिता दास चयन भएका निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सदस्यमा राजीवकुमार झा, पङ्कज झा, रमिला साह, गजेन्द्रकुमार मण्डल, रविकुमार राय र अजितकुमार ठाकुर विजयी भएको निर्वाचन समितिका संयोजक श्यामसुन्दर झाले जानकारी दिए ।
निर्वाचनमा ८ सय १८ मतदातामध्ये ४ सय ७८ जनाले मतदान गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।