logo-img

‘आदिपुरुष’ का लेखकको विवादित अभिव्यक्ति : १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक तथा गीतकार मनोज मुंतशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित अभिव्यक्ति दिएका छन् । 

भारतीय एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको दाबी गर्दै जानकी भारतकी छोरी रहेको अभिव्यक्ति दिएका हुन् । मुंतशिरले यो कुरा नेपालीले बुझ्न नसकेको पनि बताए ।  

‘नेपालमा भरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा ४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो,’ उनले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् । नेपालीको चिन्ता मैले यसकारण बुझ्न सकेको छैन । नेपाली त हाम्रा भाइ नै हुन् । यो कुरा गर्दा जानकी भारतकी बेटी नै थिइन् । राष्ट्रको रूपमा नेपाल र भारत आज पनि अलग छैनन् ।’

‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने डायलगका कारण नेपालमा उक्त चलचित्र प्रदर्शनमा रोक लगाउनुपर्ने आवाज  उठिरहेको छ । 
 







  • प्रकाशित मिति : असार ३, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया