चलचित्र ‘नालापानी’का निर्देशक रिमेश अधिकारीले नयाँ चलचित्र ‘कोत पर्व’ निर्माण तथा निर्देशन गर्ने भएका छन् ।
विसं १९०३ असोज २ गते काठमाडौंको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रका लागि लेखन कार्य भइरहेको उनले जानकारी दिए । ‘कोतपर्व’ महेश दवाडीले लेखिरहेका छन् ।
'नालापानी हेरेपछि पछि दर्शकको पनि अपेक्षा बढेको छ । हाम्रै नेपालको घटनाक्रमलाई पर्दामा देखाएर नयाँ पुस्तासम्म पुर्याउनु हामी चलचित्रकर्मीको दायित्व पनि हो,' निर्देशक अधिकारीले भने।, 'यो चलचित्र निर्माण सहज छैन, यद्यपि समय लगाएर पनि यसलाई पर्दामा ल्याउनेछु ।'
यस्ता चलचित्रलाई निर्माण गर्न राज्यले पनि प्रोत्साहन दिन आवश्यक रहेकाे उनकाे भनाइ छ। पछिल्लो चलचित्र नालापानीमा चलचित्रसँग सम्बन्धित संघसंस्था र राज्यबाट अपेक्षाकृत सहयोग नपाएको उनको गुनासो थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।