१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

नगर प्रहरी नै परिचालन गरेर काठमाडौंमा भारतीय फिल्म प्रदर्शन रोक्ने महानगरको तयारी
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि महानगरभित्रका हलमाहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने भएको छ ।


दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन शाहले दिएको तीन दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी थालेका हुन् ।



मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । प्रदर्शन रोक्न आग्रह गर्दा पनि नमाने नगर प्रहरी नै परिचालन गरिने भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई नेपालमामात्रै नभई भारतमासमेत सच्याउन तीन दिनको अल्टिमेटम दिएका थिए ।  





  • प्रकाशित मिति : ३ असार, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया