उपन्यासकार कुमार नगरकोटीले लेखेको नाटक ‘ट्रान्जिट’मार्फत अभिनेत्री शिल्पा मास्के रंगमञ्चमा देखिने भएकी छन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुने जनाइएको छ ।
एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्रलाई तीनजना अभिनेत्रीले चित्रण गर्दै छन् । जसमध्ये एक पात्रको भूमिकामा अभिनेत्री मास्केले गर्दै छिन् । यो उनको पहिलो नाटक हो ।
नाटकको अभ्यासमा व्यस्त अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताइन् । ‘नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । विशुद्ध अभिनय सिकिरहेकी छु,’ उनले भनिन्, ‘दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रंगमञ्चमा आफूलाई प्रस्तुत गर्ने कुराले म उत्साहित छु । यो मेरो पहिलो अनुभव हुनेछ ।’
नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकांक्षा कार्की, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराज लगायतका कलाकारको अभिनय रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।