नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अफ्ट्यारो व्यहोर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्रबन्ध निर्देशक घिसिङले सो जानकारी दिएका हुन् ।
खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उनले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताए । भूमिगत गर्ने काम निकै अफ्ट्यारो रहेको भन्दै उनले यसमा सबै निकायको समन्वय आवश्यक पर्ने बताए । तार भूमिगत गर्ने काम गरुन्जेल दुई–चार महिना अफ्ट्यारो व्यहोर्नुपर्ने उनको भनाइ छ ।
प्रबन्ध निर्देशक घिसिङले एनजिओ आइएनजिओहरुलाई विद्युत प्रसारण लाइन बनाउन दिनु नहुने उनले बताए । त्यस्तै, एउटा प्रसारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानुनी व्यवस्था गर्न सांसदहरुको ध्यानाकर्षण गराए ।
देशभरको विद्युतका पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै घिसिङले पोल सार्न मात्रै प्राधिकरणलाई ५० अर्ब रुपैयाँ चाहिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।