logo-img

चुम्बन सामान्य हो, आँखा चिम्लिने सिन दिन्नँ : रेश्मा घिमिरे

कार्यक्रममा अभिनेत्री रेश्मा घिमिरेले अन्तिम संस्कार चलचित्रमा आफूले निभाएको भूमिका चलचित्रका लागि र आफ्ना लागि पर्याप्त रहेको बताएकी छन् । बिहीबार काठमाडौंमा नेपाली चलचित्र ‘अन्तिम संस्कार’ सार्वजनिक हुने पूर्वसन्ध्यामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । अब भने कुनै पनि अभिनय गर्नका लागि आत्मविश्वास बढेको उनको भनाइ छ । 

चलचित्रमा चुम्बन ‘नेचुरल प्रोसेस’ भएको उनको ठम्याइ छ । माया गर्ने व्यक्तिले अर्को माया गर्ने व्यक्तिलाई चुम्बन गर्ने भएकाले सामान्य रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले आँखा चिम्लिने गरी कुनै पनि दृश्य फिल्ममा दिन भने नसक्ने बताइन् । 

अभिनेत्री दिया पुनले आफूलाई हरेक चलचित्रमा फरक अभिनय गर्न रुचि रहेको बताएकी छन् । आफूलाई धेरै चलचित्रमा काम गर्नुभन्दा गुणस्तरीय चलचित्रमा काम गर्न मन पर्ने उनले बताइन् । 

अभिनेत्री पुनले आफू चलचित्रबाट लामो समय ग्याप हुनुको कारण पनि एउटै अभिनयको अफर आउनु रहेको र नयाँ अभिनय र पात्रका लागि अफर आएपछि मात्रै चलचित्रमा अभिनय गरेको दाबी गरिन् । हरेक अभिनय आफूलाई निभाउनका लागि कठिन हुने र आफू–आफूले गर्ने अभिनयको अनुसन्धान गरेर मात्रै अभिनय गर्ने गरेको उनले बताइन् ।



साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउण्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । 

‘मर्डर मिस्ट्री’को कथालाई चलचित्रमा समावेश गरिएको छ । चलचित्रमा विजय लामा, दिया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, विकास अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्यलगायतको अभिनय रहेको छ। 

बाबु श्रेष्ठको छायांकन, रूपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन्। चलचित्र असार ८ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदै छ ।



  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया