नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिको दिशा र गति झनझन् उतारचढावपूर्ण बन्दै गएको र यो देश र जनताको निम्ति हितकर नभएको बताएका छन् । उनले पालैपालो कुर्सी साटासाट गरेर देशको विकास नहुने भन्दै समय खेर फाल्नुसट्टा संयुक्त सरकार गठन गर्नु पर्नेसमेत प्रस्ताव गरेका छन् ।
‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झनझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन ! विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्य/अदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्,’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन गर्नु ठीक होला कि? नत्र समयले कसैलाई नपर्खन सक्छ!’
गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण(turbulent)बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन!विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी…
— Baburam Bhattarai (@brb1954) June 23, 2023
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।