संयुक्त राष्ट्र संघमा भारतविरुद्ध ‘पर्यावरण–आतंकवाद’ को उजुरी

एजेन्सी– पाकिस्तानले संयुक्त राष्ट्र संघमा भारतविरुद्ध ‘पर्यावरण–आतंकवाद’ को मुद्दा दर्ता गर्ने बताएको छ ।

पाकिस्तानी सरकारका एक मन्त्रीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले यो खबर प्रसारण गरेका छन् । पुलवामा आतंकवादी आक्रमणको जवाफ भन्दै भारतीय वायुसेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो । 

हवाई आक्रमण गरेका क्षेत्रमा धेरै बोटविरुवाको नोक्सान भएको र यसले परमाणु शक्ति सम्पन्न यी दुई देशबीच युद्धको वातावरण बनेको थियो । जसलाई लिएर पाकिस्तानले संयुक्त राष्ट्र संघमा उजुरी गर्ने बताएकाे हाे । 

समाचारमा उल्लेख गरेअनुसार पाकिस्तानका जलवायु परिवर्तन मन्त्री मलिक अमिन असलमले भारतीय लडाकु विमानले एक ‘संरक्षित वन क्षेत्र’ लाई निशाना बनाएको बताएका छन् ।  

उनले भनेका छन् ‘सरकार यो आक्रमणले पर्यावरणसम्बन्धी प्रभावको आँकलन गरिरहेको छ, जसको आधारमा संयुक्त राष्ट्र संघ वा अन्य अन्तर्राष्ट्रिय मञ्चमा भारतविरुद्ध उजुरी गरिनेछ । बालाकोटमा जे भयो, त्यो पर्यावरण आतंकवाद थियो, जसले वातावरणमा गम्भीर क्षती पुर्याएको छ ।’ 
 






  • प्रकाशित मिति : फागुन २०, २०७५ साेमबार १३:३७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया