सोमबार देशका केही जिल्लाका नदीमा आकस्मिक बहावको जोखिम रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार आज बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेल्धुरा, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक र आसपास भई बहने केही स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने भएको हो ।
सोमबार बिहानको मापनअनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ ।
आज महाकाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले महाकालीको तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहे पनि बढ्दो हुने रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।