काठमाडौं– एउटा अध्ययनले हरेक आठजना व्यक्तिमध्ये एकजना दाँतको समस्याबाट ग्रसित हुने देखाएको छ ।
यस्तो समस्या भएका व्यक्तिले चिसो वा तातो वस्तु खाँदा दाँत झन्झनाउँछ । झन्झनाउने वा दुख्ने समस्या एउटा दाँतमा वा सबै दाँतमा पनि हुन सक्छ । यो समस्या एकदमै बढेको छ भने कहिलेकाहीँ मुखबाट हावा भित्र छिर्दा पनि दुखाइ बढ्छ ।
किन झन्झनाउँछ दाँत ?
दाँत झन्झाउनुका विभिन्न कारण हुन सक्छन् । धेरैमा दाँत ब्रस गर्ने वेला जोडले रगड्दा दाँत सेतो हुन्छ भन्ने भ्रम छ । तर, दाँतमा ब्रस धेरै रगड्नाले दाँतको इनामेल झर्न थाल्छ । यसरी ज्यादा कडा ब्रस वा पेस्ट धेरै लगाएर ब्रस गर्दा दाँतमा दबाब पर्छ र दाँत झन्झनाउन थाल्छ । अन्य कारण यस्ता छन् :
–दाँतको वरिपरि धेरै कोट्याउनु वा रगड्नु
–दाँत फ्याक्चर हुनु वा किरा लाग्नु
–दाँतमा पायरिया हुनु
–अमिलो खानेकुरा ज्यादा खानाले वा कोल्ड डिं«क पिउनाले दाँतको बाहिरी भागमा हानि पुग्छ ।
–धेरै एसिडिटी भएमा मुखमा पेटको एसिड आउन थाल्छ, जसले इनामेललाई गलाउन थाल्छ । यसले गर्दा झन्झनाउने समस्या देखापर्छ ।
यसबाट बच्न के गर्ने ?
–नरम ब्रसको प्रयोग गर्नुपर्छ ।
–ब्रस गर्दा तल–माथि गरेर चलाउनुपर्छ, तर धेरै रगड्नुहुुँदैन ।
–यदि झन्झनाउने समस्या देखिएको छ भने केही समय जुुस, कोल्ड ड्रिंक, रेड वाइन, सिरका, आइसक्रिम, चिया वा अमिला फल, जस्तैः कागती, टमाटर, सलाद वा अचार कम खानुपर्छ ।
–दाँतलाई प्रत्येक दिन सफा गर्नुपर्छ । फ्लोराइडयुक्त पेस्ट प्रयोग गर्नुपर्छ ।
–एक चम्चा तोरीको तेलमा वा मनतातो पानीमा नुन मिलाएर मालिस गरेर कुल्ला गर्दा दाँत झन्झनाउने समस्याबाट मुक्त हुन सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।