काठमाडौं– निजामती सेवामा रहेर राष्ट्रलाई विशिष्ट योगदान गरेबापत प्रदान गरिने प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदक पाएका कर्मचारी नेता घुससहित रंगेहात पक्राउ परेका छन् । नेकपानिकट कर्मचारी नेता कैलाश मातक्षे श्रेष्ठ घुससहित रंगेहात पक्राउ परेका हुन् ।
संविधान दिवसको अवसरमा २०७५ असोज ३ मा गृहमन्त्रालयको सिफारिसमा उनलाई सरकारले प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)पदक दिने घोषणा गरेको थियो ।
पक्राउ परेका श्रेष्ठमाथि अख्यितार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतमा मुद्द दायार गरेको छ । अख्तियारले उनीसँग बिगोबमोजिम जरिवाना र कैद सजाय गर्न माग राख्दै आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शाखा अधिकृत पदमा कार्यरत श्रेष्ठले लेनदेनसम्बन्धी उजुरीमा मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार घुस मागेका थिए । गत फागुन २ गते सेवाग्राहीसँग २५ हजार घुस लिइरहेको अवस्थामा अख्यितारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।