logo-img

साफ च्याम्पियनसिप
नेपाल सान्त्वना जितको खोजीमा, आज पाकिस्तानसँग भिड्दै

भारतमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । 

नेपाल र पाकिस्तानबीचको खेल बैंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा दिउँसो ३ः४५ देखि सुरु हुनेछ । प्रतियोगिताबाट बाहिरिसकेका नेपाल र पाकिस्तान आज जितका साथ सुखद अन्त्य गर्न चाहन्छन् ।   



हालसम्म नेपाल र पाकिस्तानले १७ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले ५ मा जित र ७ खेलमा हारको सामना गरेको छ । नेपाल र पाकिस्तानले ५ खेलमा भने बराबरी खेलेका छन् ।   

जारी साफमा समूह ‘ए’ मा रहेको नेपाल दुई खेलमा अंकविहीन रहँदै तेस्रो स्थानमा रहेको छ । यही समूहको पाकिस्तान दुई खेलमा अंकविहीन पुछारमा छ । 

पहिलो खेलमा नेपाल कुवेतविरुद्ध र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

पाकिस्तानले पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग हार बेहोर्‍यो । यस समूहबाट कुवेत र भारतले सेमिफाइनलको यात्रा गरेका छन् । 





  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार ९:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया