काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले अन्य व्यक्तिको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने गरी कार्यविधि तयार पारेको छ । प्राधिकरणले ‘ई–केवाइसी सिस्टम’को कार्यविधि बनाएर अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने गरी व्यवस्थापन गर्न लागेको हो ।
प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशन अनुसार प्राधिकरणले ई–केवाइसी सिस्टम लागू गर्न लागेको हो । अरूको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने क्रम बढेको गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई–केवाइसी सिस्टम लागू गर्न लागेको प्राधिकरणले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।