सुरक्षा नीतिसम्बन्धी प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने– राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता नै हाे

काठमाडौं– आज प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय सुरक्षा नीति, २०७५ का लागि तयार पारिएको प्रतिवेदन बुझाए ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता नै भएको बताए ।

नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको सराहना गर्दै उनले राष्ट्र एकीकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पुर्याउदै आएको कुरा प्रशंंसनीय रहेको बताए ।

सो क्रममा रक्षामन्त्री पोखरेलले नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक सिद्धान्तलाई मुख्य आधार मानेर परिवर्तित सन्दर्भअनुरुप मस्यौदा तर्जुमा गरिएको बताए ।

राष्ट्रिय सुरक्षा परिषद्ले सुरक्षा नीति परिमार्जनको आवश्यकता महसुस गरी ५ असोजमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलको अध्यक्षतामा ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको थियो । सोही समितिले राष्ट्रिय सुरक्षा नीति, २०७५ को प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाएको हो । 





  • प्रकाशित मिति : फागुन २०, २०७५ साेमबार २०:९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया