भारतमा अभिनन्दनको ‘जुंगा’ किन फेसन बनिरहेको छ ?

एजेन्सी– हालै पाकिस्तानबाट रिहा भएर भारत आएका भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्थमान भारतमा विशेष हिरो बनेका छन् । अभिनन्दनबाट प्रेरित भएर धेरै कलाकृतिहरु बनाइएका छन्, धेरै विज्ञापनमा उनलाई उल्लेख गरिएको छ र अर्को कुरा उनको जुंगा फेसन ट्रेन्ड बनेको छ । 

उनको ह्यान्डलबार जुंगा यति लोकप्रिय बनेको छ कि धेरै मानिसहरु हजामकोमा गएर उनको जस्तै जुंगा बनाइरहेका छन् । पाकिस्तानी सेनाले लडाकु विमान खसालेर उनलाई कब्जामा लिएका थिए । यो घटनाको केही समयपछि उनी नेशनल हिरो बने । 

शुक्रबार पाकिस्तानले रिहा गरेपछि भारतमा अभिनन्दनको शानदार स्वागत गरियो । 

पाकिस्तानले कब्जा लिएपछि चर्चामा आएका अभिनन्दनको जुंगाको स्टाइललाई बहादुरीको प्रतीक मान्न थालियो ।  यसपछि उनी सामाजिक सञ्जालमा भाइरल हुन पुगे । 

सामान्यतया सोसल ट्रेन्डमा आफ्नो विज्ञापन बनाउने डेरी ब्रान्ड अमुलले पाइलट अभिनन्दनको जुंगामा एक विशेष भिडियो बनाएको थियो । ह्यान्डलबार जुंगा भारतका लागि नयाँ स्टाइल भने होइन । बलिउडमा खलनायक, सैनिक र अन्य कुख्यात तस्करहरु यस्ता जुंगाको स्टाइलमा देखिन्छन् । तर पछिल्लो केही दिनमा ह्यान्डलबार जुंगाप्रति मानिसको धारणा परिवर्तन भएको छ, अब यो साहस र देशभक्तिको एक प्रतीक भनेको छ । 



बेंग्लोरको एक हेयर सैलुनले सोमबार अभिनन्दनको जस्तै जुंगा बनाउन चाहने व्यक्तिको निशुल्क कपाल काट्ने र जुंगा बनाउने काम गर्यो । अभिनन्दन स्टाइलको जुंगा बनाउने एक एम्बुलेन्स ड्राइभर नवीन कुमारले अभिनन्दन सुपरहिरो भएकाले उनको जस्तै जुंगा बनाएको बताउँछन् । ह्यान्डलबार जुंगा बनाउन नमिल्ने व्यक्तिलाई हजाम ठाकुरले सेनाका जवानको जस्तो हेयर स्टाइल बनाइदिएका छन् । 



सामाजिक सञ्जालमा भारतीयहरुले अभिनन्दनबाट प्रेरित भएको भन्दै उनको जस्तै जुंगा बनाएको फोटो पोस्ट गरिरहेका छन् । 

पाकिस्तानको सञ्चार मन्त्रालयले अभिनन्दनको एक भिडियो पोस्ट गरेपछि मात्रै उनलाई धेरै भारतीयले २७ फेबु्रअरीमा पहिलो पटक देखेका थिए । अभिनन्दनको आँखामा पट्टी बाँधिएको थियो र उनको अनुहारमा रगत थियो ।

पछि पाकिस्तानले यो भिडियो हटायो र पछि अर्को भिडियो पोस्ट गर्यो । यसमा अभिनन्दनले हातमा चियाको कप लिएका थिए, आँखाको पट्टि हटाइएको थियो र अनुहार पनि सफा थियो । 

यसमा उनले आफ्नो नाम र मिलिट्री र्यांक बताएका थिए र आफू दक्षिण भारतको भएको बताएका थिए । यो भन्दा धेरै बोल्न उनले अस्वीकार गरेपछि भारतमा उनको हिम्मतको तारिफ हुन थाल्यो ।

केही समयपछि नै ब्रिंग ब्याक अभिनन्दन ह्यासट्याग सुरु भयो र उनको सुरक्षित रिहाइको माग गर्न थालियो । यसपछि पाकिस्तानले शुक्रबार उनलाई फिर्ता पठाएपछि भारतमा भव्य स्वागत गरिएको थियो । 


 

  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार १३:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया