भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रिय सभाको मंगलबारको बैठकले भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनी विसं २०४८, २०५१ र २०५६ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित भएका थिए ।
 
पूर्वउपप्रधानमन्त्री अधिकारी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि सांसद थिए । उनको निधनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । 

अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य थिए । उनले विसं २०५१ र २०५५ मा अर्थमन्त्री, २०५३ मा निर्माण तथा यातायातमन्त्री, २०६१ र २०६७ सालमा उपप्रधानमन्त्रीलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४६ मा गठन भएको संविधान सुझाब आयोगको सदस्य रहेका अधिकारी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भएको पारित शोक प्रस्तावमा उल्लेख छ । 

उपचारका क्रममा उनको फागुन १८ गते राति ९ः३५ मिनेटमा ह्याम्स अस्पतालमा ८३ वर्षमा निधन भएको थियो । अधिकारीले पुर्याएको योगदानको उच्च सम्मान गर्दै सभाको बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार १५:५१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया