२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्ति परीक्षा आफैँ सञ्चालन गर्ने

काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति परीक्षा आफैँ सञ्चालन गर्ने भएको छ । महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत सो घोषणा सार्वजनिक गरेका हुन् । 

उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०–०८१ देखि काठमाडौं महानगरपालिकाले आफैँ नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबलगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।







  • प्रकाशित मिति : १७ असार, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया