Fri, 22 Mar, 2019


पब्जीको लतमा युवकले एसिड पिए
फरकधार / फागुन २१, २०७५

नयाँ दिल्ली– भारतको मध्येप्रदेशस्थित भोपालका एक युवकले पब्जी खेलिरहेको सुरमा पानी सम्झेर एसिड पिएका छन् । समयमै अस्पताल पुर्याइएकाले उनको ज्यान भने जोगिएको छ । यद्यपि, उनी अझै खतरामुक्त भइसकेका भने छैनन् । 

२५ ती युवकले एसिड पिउनासाथ उनलाई अत्यधिक जलन भएपछि अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न डाक्टरका अनुसार एसिडले गर्दा उनको पेटमा अल्सर भएको छ र अन्य अंगमा पनि असर गरेको छ । उनलाई अहिले नागपुरको अस्पतालमा रिफर गरिएको छ ।

उपचारकै क्रममा पनि पब्जी खेलिरहेका ती युवकले डाक्टरले सम्झाउँदा पनि उनी लतबाट बाहिर निस्किन सकेका छैनन् ।



यो पनि नछुटाउनुहोस्