सिरिया– हतियारधारी लडाकुसहित हजारौँले सिरियास्थित आइएसआइएलको ‘अन्तिम पकडक्षेत्र’ छाडेका छन् ।
अमेरिकी समर्थनको सैन्य समूह एसडिएफका प्रवक्ता मोस्ताफा बालीका अनुसार कुर्दिस समूहले चलाएको ‘ह्युमनिटरियन कोरिडर’मार्फत सोमबार पूर्वी सिरियाको बागाउज गाउँबाट भन्डै तीन हजारजना बाहिरिएका छन् ।
गाउँ छाड्नेमध्ये अधिकांश एसडिएफसमक्ष आत्मसमर्पण गरेका स्लामिक स्टेटको सिरिया हेर्ने संगठन आइएसआइएलका लडाकु रहेका प्रवक्ता बालीले आफ्नो ट्विटमा लेखेका छन् ।
Slowing down the offensive in #Baghouz yesterday, we managed to evacuate about 3.000 ppl from ISIS pocket through the corridor we opened. A large number of Daesh jihadists surrendered to our forces among the same group overnight.
— Mustafa Bali (@mustefabali) March 4, 2019
केही दिनयता अमेरिकी समर्थनको सैन्य समूह एसडिएफले ‘सर्वसाधारणलाई बाहिर निस्कने मौका दिन’ भन्दै आइएसआइएलको नियन्त्रणमा रहेको बागाउजमा चलाएको ‘अन्तिम कारबाही’ केही मथ्थर गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।