तीन अर्बको ऋणपत्र बिक्री गर्दै एनएमबी बैंक

काठमाडौं– एनएमबी बैंकले तीन अर्बबराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ रहेको छ । बैंकले यही फागुन ३० गतेदेखि आगामी चैत ४ गतेसम्म ऋणपत्र बिक्री गर्न लागेको जानकारी मंगलबार दिएको हो ।

बैंकले १० वर्षका लागि बिक्री गर्न लागेको ऋणपत्रमा लगानी गर्नेलाई वार्षिक १० प्रतिशत ब्याज दिने जनाएको छ । कुल ३० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने कुल १२ लाख कित्ता पहिलो चरणमा सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ । 

बाँकी रहेको ६० प्रतिशत ऋणपत्र भने व्यक्तिगत वा संस्थागत रुपमा बिक्री गरिने बैंकले प्रकाशन गरेको विवरणमा उल्लेख छ । ‘एनएमबी ऋणपत्र २०८५’ को निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १२ लाख कित्तासम्म आवेदन गर्न सक्ने बैंकले जनाएको छ । 

ऋणपत्रमा सिआश्वा प्रणालीमार्फत सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा आवेदन गर्न सकिनेछ । बैंकले ऋणपत्र निष्काशनका लागि गरेको विश्लेषणमा न्यून जोखिम जनाउने सूचक प्राप्त गरेको छ । 

बैंकिङ क्षेत्रमा देखिएको तरलताको अभावलाई समाधान गर्न बैंकहरुले ऋणपत्रको निष्काशनलाई पछिल्लो दिनमा जोड दिँदै आएका छन् । एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र बिक्री गरिसकेको छ । 





  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार १८:२७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया