राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पटक-पटक मुद्दा हाल्दै आएका युवराज पौडेल (सफल)ले सोही पार्टीसँग मिल्दोजुल्दो नाम राखेर अर्को पार्टी खोल्न लागेका छन् ।
उनले खोल्न लागेको नयाँ दलको नाम ‘स्वतन्त्र नेपाली पार्टी’ राखिएको छ । पार्टी दर्ताको प्रक्रिया अघि बढिसकेको र पार्टीको नीति मौलिक हुने उनले जानकारी दिएका छन् ।
उनले आफ्नो पार्टीले कुनै पनि आयातीत वाद नअँगाल्ने उनले बताएका छन् । पार्टीको सिद्धान्त नेपालवाद रहने उनले बताए । पार्टीले राजालाई पनि स्थान दिने उनको भनाइ छ ।
सफलले सामाजिक सञ्जालमा पार्टीको सदस्यताको आह्वान पनि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।