logo-img

प्रचण्डको अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल लाहादल प्रचण्डको पछिल्लो अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन् । 

थापाले प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाइप्रति कटाक्ष गर्दै ट्विटरमार्फत प्रधानमन्त्रीको भनाइले सिङ्गो राजनीतिक क्षेत्र लज्जित भएको उल्लेख गरेका छन् । 

उनले २०६३ पछिको धरातलीय यथार्थसमेत यही भएको भन्दै दुःखसमेत व्यक्त गरेका छन् ।  

‘प्रम प्रचण्डको यस भनाइले सिङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ । तर, दुःखको कुरा के हो भने, यो भनाइ २०६३ पछिको धरातलीय यथार्थ हो । आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो,’ थापाले भनेका छन् । 





  • प्रकाशित मिति : असार २०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया