राष्ट्रपति सवारीको विरोध गर्न हर्न र अवज्ञा [भिडियो]

मंगलबार साँझ राष्ट्रपति विद्या भण्डारीले सेना दिवसको भोलिपल्ट आयोजित कार्यक्रममा सहभागी भइन् । सदा झैं मंगलबार पनि भण्डारीको सवारीको लागि शितलनिवास, लाजिम्पाट, दरबारमार्ग हुँदै सुन्धारासम्मको रुट खाली गराइयो । 

तर, मंगलबार प्रहरीले सोचेजस्तो हुन सकेन । लाजिम्पाटमा लामो समय देखि राष्ट्रपतिको सवारीका लागि सडक खाली गराउन रोकिएका सवारी साधनका चालकले त्यसको विरोध गरे र बाटो काटे । त्यसअघि उनीहरुले लामो समय हर्न बजाएर यसको विरोध गरेका थिए ।

‘४० मिनेटभन्दा बढी भयो हामी यहाँ रोकिएको,’ एक सर्वसाधरणले भने, ‘हो, राष्ट्रपतिलाई सवारी त गराउनु पर्छ तर सवारीको नाममा हामीलाई यसरी दुःख दिनु कत्ति पनि जायज होइन ।’ उनी अफिस सकेर घर फर्किँदै थिए । ‘यो बाटो हामी जनताको हो,’ उनले भीडमा आक्रोश पनि पोखेका थिए, ‘राष्ट्रपति त हामीले बनाएको हो, जनताले । अब उनले नै जनतालाई दुःख दिन पाइन्छ ?’

त्यस्तै लामो समय देखि प्रहरीले रोकेकाले बाइकमा हर्न बजाएर बसिरहेका अर्का युवाले भने, ‘यो सडक राष्ट्रपतिको वा ठूलो व्यक्तिको मात्र त होइन होला, उनीहरुले प्रयोग नगर्दा मात्र हामीले प्रयोग गर्न पाउने पनि कुनै तरिका हुन्छ ?’

डिएसपी होमेन्द्र बोगटीका अनुसार मंगलबार साँझ राष्ट्रपति सेनाको आयोजनामा भएको कार्यक्रममा सहभागी भएकी थिइन् । 

राष्ट्रपति तथा उच्च पदस्थ अधिकारीको सवारीका लागि लामो समयसम्म सडक खाली गराउने परम्पराको यसअघि पनि सामाजिक सन्जालमा व्यापक विरोध हुँदै आएको थियो ।






  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार २१:४१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया