कोसी प्रदेशको सरकार गठनमा सभामुखको संलग्नता असंवैधानिक रहेकाे संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् ।
बिहीबार सभामुख बाबुराम गौतम समेतको समर्थनमा कोसी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।
आचार्यले सामाजिक सञ्जालमा भनेका छन्, 'सभामुखको पद राजनीतिकरुपमा तटस्थ मानिन्छ । कोसी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अपहेलनाजन्य कार्य हो । यसरी सरकार गठन गर्नुभन्दा त प्रदेश सरकार नै नरहनु ठिक हुन्छ ।'
कोसी प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलका तर्फबाट दाबी पेस भएपछि थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सभामुख कै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन।यस्तो कार्य असंसदीय र असंवैधानिक छ।सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ।कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अपहेलना जन्य कार्य हो । यसरी सरकार गठन गर्नु भन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ।
— Bhimarjun Acharya (@BhimarjunPhD) July 6, 2023
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।